सुनसान बन्दै शरणार्थी शिविर

शरणार्थी शिविर गोलधापमा यतिवेला चहलपहल घटेको छ । भुटानी शरणार्थी तेश्रोमुलुक पुनर्वास प्रकृया शुरु भएपछि चहलपहल घटेको हो । केही समयअघि नौ हजार छ सय ५६ जना शरणार्थी रहेको सो शिविरबाट गत महिनाको अन्त्यसम्ममा तीन हजार छ सय १७ जना तेश्रो मुलुक गइसकेका छन् । शिविरमा रहेका १५ सय छाप्रा घटेर अहिले ११ सयमा सीमित बनेको छ ।
खाली छाप्रा भत्काएपछि त्यहाँ पुनर्वास नगएका शरणार्थीले सागसव्जी लगाउने गरेका छन् । गोलधापमा रहेका १५ सय छाप्रामध्ये करिव १५० छाप्रा मात्र स्वदेश फिर्ती पक्षधरका रहेको शिविर सचिव पूर्ण बहादुर गुरुङले बताए । उनी भन्छन् “अव छिट्टै गोलधाप शिविर खाली हुन्छ ।” पुनर्वास प्रकृया शुरु भएपछि शिविरमा लागू पदार्थ सेवन गर्नेको समस्या बढेको छ । सँगैको साथी पुनर्वास जाने भएपछि पार्टीको रुपमा मदिरा र लागू पदार्थ सेवन गर्नेको संख्या बढेको उनले बताए । पुनर्वासले शैक्षिक क्षेत्रमा समेत ठूलो समस्या खडा गरेको उनको भनाइ छ । “दुइ-तीन महिनामा शिक्षक फेरिन्छन्, नयाँ शिक्षकसँग घुलमिल हुन र पढाएको बुझ्न विद्यार्थीलाई समय लाग्छ”, उनले भने । पुनर्वासमा जान फर्म भरेपछि विद्यार्थी विद्यालय जान छाड्ने गरेका छन् ।
नेपालीसँग विवाह गर्ने शरणार्थीहरुलाई पुनर्वास जान अप्ठ्यारो परेको छ । गोलधापमा नेपाली केटी विवाह गर्नेको संख्या ५० जनाको हाराहारीमा रहेको शिवलाल निरौला बताउँछन् । उनी भन्छन् “उनीहरुले छोडपत्र नगरि जान पाउँदैनन् ।” पुनर्वास प्रकृया शुरु भएपछि तेश्रो देश पुनर्वास र स्वदेश फिर्ती पक्षधर परिवारविच पनि छोडपत्र हुन थालेको छ । गोलधाप शिविरकी धनमाया बरालले आफ्नो श्रीमान् पुनर्वासमा नजाने भएपछि छोडपत्र गरेर १५ दिन अघि अमेरिका उडेको निरौलाले बताए । गोलधापकै सेक्टर डी, छाप्रो नं. ९३ की मनमाया बास्तोलालाई आफ्ना श्रीमान् कहाँ छन् भन्ने थाहा छैन । एक बर्षअघि हिँडेका उनका श्रीमान् घर फर्केका छैनन् तर उनले श्रीमान्सँग छोडपत्र गरेकी छन् । आइओएमले छोडपत्र गर्नु पर्छ भनेपछि आफूले छोडपत्र गरेको उनले बताइन् । “चार छोरा एक छोरीसहित आइओएममा कागज दिएको छु, श्रीमान्को भरमा बस्दा अलपत्र परिन्छ भन्ने डरले त्यस्तो गरेकी हुँ”, उनले भनिन् ।



एउटै परिवारका सदस्य पालो-पालो गरेर लाने प्रकृयाले भने शरणार्थीलाई चिन्तित बनाएको छ । फर्म बुझाएको लामो समयसम्म पनि प्रकृया पूरा नहुँदा शरणार्थी परिवारमा समेत कलह शुरु भएको छ । “फर्म बुझाएको २८ महिना भयो, पटक-पटक आइओएमको कार्यालयमा बोलाएर सोधपुछ गरेपनि जान पाइएको छैन”, नाम नखुलाउने सर्तमा एक शरणार्थीले भने, “आइओएमले प्रकृया हुँदैछ मात्र भन्छ ।” उनले आइओएमले झगडाको वीउ रोपेको आरोप समेत लगाए ।
राजु पाठक (प्रतिदिनबाट)
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
शरणार्थी सेरोफेरो
१ झापाको दमक स्थित वेलाडाँगी भुटानी शरणार्थी शिविर र आसपासका क्षेत्रमा उव्जने फोहोर मैलाको व्यवस्थापन कार्य शुरु गरिएको छ । शिविरमा शरणार्थीले दैनिक जीवन यापनका क्रममा निस्कने फोहोर मैलाले शिविर प्रभावित क्षेत्रका स्थानिय गाउँ नै प्रभावित भएपछि सो कार्य अघि वढाइएको हो । शिविर स्थापना गरिएको दमक नगरपालिकको ३, ४...
शरणार्थी शिविर भित्र “माया”को पीडा
भूटानमा रहँदा दुई ऐकर खेत, कयौं गाईवस्तु र आफ्नै नातेदाहरुसँगै रमाउन पाउँदा अन्यन्तै खुसी थिइन् भहमाया राई । भूटानको चाङ्खा जिल्ला अर्न्तर्गत जुरेलिङ गाउँमा श्रीमान् पञ्चमान राई सँग वैवाहिक सम्वन्ध गाँसेपछि त झनै सुखका दिन थिए उनका । सन् १९९० मा भूटान भित्र भएको जनआन्दोलनका खबरहरु जुरेलिङ गाउँकी भहुमायाका घर...
स्वदेश फर्कन मद्दतको आग्रह
स्वदेश फर्कन इच्छुक विस हजार भुटानी शरणार्थीले पुनर्वासमा संलग्न मुलुकलाई आफ्नो अभियानमा समेत सघाउन आग्रह गरेका छन् । सातवटै शिविरमा भईरहेको घर फिर्ती अभियानको फाराम भर्ने कार्यमा संलग्न ज्येष्ठ नागरिकहरुका तर्फबाट सोमवार ती देशका राजदुतलाई अपिल पठाई सो आग्रह गरेका हुन् । शिविरमा जारी फाराम भर्ने अभियानमा विस हजारभन्दा धेरै...
माओवादीले पुनर्वास रोक्ने !!!???
एकिकृत नेकपा माओवादीका नेता सिपी गजुरेलको बिवादित अभिव्यक्तिपछि शरणार्थी तेस्रो मुलुक पुनस्थापना प्रकृया अन्योलमा परेको छ । माओवादीका नेता गजुरेलले केही दिनअघि भुटानी शरणार्थी तेस्रो मुलुक पुनस्थापना प्रकृया रोक्ने अभिव्यक्ति दिएका थिए । गजुरेलको सो अभिव्यक्तिको शरणार्थी सम्बद्ध संस्थाहरुले स्वागत गरे पनि तेस्रो मुलुक पुनस्थापना हुन तयार परेका शरणार्थीहरुले भने...
शिविरमा पंक्षी नष्ट
झापा र मोरङका ७ वटै भुटानी शरणार्थी शिविरमा सोमबारदेखि पंक्षी हटाउने अभियान शुरु हुँदैछ । काँकडभिट्टामा बर्डफ्लु फैलिएपछि अन्यत्र संक्रमित हुन नदिन नेपाल सरकारले शिविरहरुमा समेत पंक्षी हटाउन लागेको हो । सोमबारबाट झापाका ६ र मोरङको १ शिविरबाट चरणवद्ध रुपले पंक्षी हटाउने काम शुरु हुनेछ । गृहमन्त्रालय मातहतको शरणार्थी समन्वय..
meri bassai january 16 2009

Meri bassai January 16,2010

PART 1

PART 2

LAST PART 3
 

blogger templates | Make Money Online